Skip to content


सुर्योदयको बिहानीसँगै उदाउन खाजेथेँ
केवल मेरो सपनाहरू मात्र बाँकी रह्यो ।

मुटुभित्रका केही बेदनाहरू कोर्न खोजेथेँ
केवल मेरो खाली हात मात्र बाँकी रह्यो ।

म कविकार होइन साहित्यकार पनि होइन
पानामा आफ्नै कथा र व्यथाहरू कोर्ने गर्छु ।

म निश्वार्थी होइन आघात पनि होइन
छातीमा आफ्नै चोट र पीडाहरू साँच्ने गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *