Skip to content

खै समयले कस्तो हुरी लिएर आयो


खै समयले कस्तो हुरी लिएर आयो।
टाढिनु पर्ने मज’बुरी लिएर आयो।।

अनायसै प्रेम फाट्दाखेरि सानु
हाम्रो अविश्वासको धुरी लिएर आयो।।

रेटिएका छन मनहरु टाढिएर बस्दा
विधाताले नै होला छुरी लिएर आयो।।

समयले चक्रव्यहुमा पारे पछि
तिम्रो मेरो मनको दुरी लिएर आयो।।

देख्न सकेन सामाजले हाम्रो प्रेम
सम्बन्ध तोडिदिने जुरी लिएर आयो।।

खै समयले कस्तो हुरी लिएर आयो।
टाढिनु पर्ने मज’बुरी लिएर आयो।।

-कौशल किरण “उदास”

रेगिस्तानबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *