Skip to content

तिमीलाई सुन्छु

  • by


तिमीले मलाई सुन म तिमीलाई सुन्छु
मनको हरेक कुनामा म तिमीसँगै हुन्छु

तिम्रो दिलको मझेरीमा पर्खाल नलगाऊ
बरु यो मुटुभित्र मायाँको तीर चलाऊ
मेरो लागि सपना बुन म तिम्रो लागि बुन्छु
मनको हरेक कुनामा म तिमीसँगै हुन्छु

अन्जानका भूलहरू हृदयमा नलेऊ
बरु जीवन धारालाई सलल बग्न देऊ
जुनीभरि मलाई चुन म तिमीलाई चुन्छु
मनको हरेक कुनामा म तिमीसँगै हुन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *