Skip to content

हासेकै राम्री तिमी

हासेकै राम्री तिमी यसरिनै हाँस्नु काली
माया र पिरतिको डोरी यसरिनै गास्नु काली

एक बारको चोला मरी लानु के नै छ र
हासो र खुशी बाडेर यो जीवन बाँच्नु काली

संघर्ष र दुख बिना को जिबन त के जिबन्
पिँडा र दु:ख बाडेर खुशी लाई साँच्नु काली

आउछन जान्छन अनेकौ जिबन यात्रामा यहाँ
स्व्च्छ मनको निलो आकाश मुनी नाच्नु काली

Leave a Reply

Your email address will not be published. Required fields are marked *