Skip to content

रंगिन त्यो लोलासँगै होलीले रंगायो

Image0025


रंगिन त्यो लोलासँगै होलीले रंगायो
रंगिएको मन अझै चोलीले रंगायो

रातै पर्यो रंगाएर जताततै रातै रातो
सुरिलो त्यो बटुलिको बोलीले रंगायो

रंगिन रैछ दुनिया यो रंगाईमै मस्त मस्ती
गुलिया ती मिठाईका सोलीले रंगायो

भित्रै रंग बाहिरै रंग अन्तत ती
साना साना गोटी जस्ता गोलीले रंगायो

अति त नगर्नु नि भन्दा लाग्ने होइन रैछ
हुँदा हुँदा हिलोसँगको खोलीले रंगायो

1 thought on “रंगिन त्यो लोलासँगै होलीले रंगायो”

  1. पोर को साल होली खेलीसके पछी
    पोर को साल होली खेलीसके पछी लेखेको गजल

Leave a Reply

Your email address will not be published. Required fields are marked *