Skip to content

तिम्रै ईच्छा जे-जे गर ईशारामै चल्छु


घामको न्यानो स्पर्सले शिशिर लजाए झैँ
पूर्णे लाग्दा आकाशले तारा सजाए झैँ

त्यस्तै न्यानो माया दिन्छु शिशिर झैँ हुनु
बन्छु तारा तिम्रै निम्ति सर्माउँदै छुनु
म नि मख्खै पर्छु साँच्चै मज्जा आए झैँ
पूर्णे लाग्दा आकाशले तारा सजाए झैँ

तिम्रो त्यो छुवाइमा नौनी सरी गल्छु
तिम्रै ईच्छा जे-जे गर ईशारामै चल्छु
चल्छ प्रेममा म नि मान्छु गर्नु कजाए झैँ
पूर्णे लाग्दा आकाशले तारा सजाए झैँ

घामको न्यानो स्पर्सले शिशिर लजाए झैँ
पूर्णे लाग्दा आकाशले तारा सजाए झैँ

राजेश रुम्बा लामा “अतृप्त”
१९-१०-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *