जुनीभरि तिम्रो साथ पाएदेखि सानु,
बादलभित्रै खुशी हुन्थे तिमी छाएदेखि सानु
चट्यांग, वर्षा, असिना सब सहन्थेँ हाँसी-हाँसी,
तिमीलाई खुशी दिन्थेँ बरु आफैँ दुख गाँसी
सुनगाभा झैं फुलाउनलाई आफै बन्थेँ माली,
तिम्रो मुस्कान खुलाउनलाई आफै बन्थेँ डाली ।
क्षितिज पुग्न यात्रा गर्दा आफै बाटो खान्थेँ,
आँधी हुरी बिचमा आए मेरै भागमा आउ भन्थेँ
तर सबै असम्भव छ मैले सोचे हुन,
ठिकै छ टाढै बस्छु हुनु तिमी जून
ठिकै छ टाढै बस्छु हुनु तिमी जून
राजेश रुम्बा लामा “अतृप्त”