Skip to content


उमंग छर्दै खुसी बटुल्दै सबको घरघर आई
हर्षेाल्लास र खुसी जनको मनसपटलमा छाई
नवदुर्गे भवानीको पूजा गरी समस्त जनमा
दशैंको निम्नो दिंदै दीन दुःखी सबको मनमा ।

पूजा गर्दै भवानी तिम्रो हर्षित विभोर मनको
दुःख विर्साई वर्ष दिनको हर्दै कष्ट सब जनको,
सफा चट्ट भए बाटो र घाटो, सुकिला पारी लुगा
थाप्दै टिका जमरा बडा वृद्धजनको आषिस फूलका थुँगा ।

लठ्ठा र धागो चङ्गा भो मन यो आकास झिलीमिली
खेल्दै पिङ्गमा झट्का सबले भाइभाइमा मिलीजुली
पहेंला जमरा सिरसिरे हावा लहलहाउँदै खलियान खेत
भेटघाट भयो आफन्तजनमा चल्दै जान्छ अझ कति भेट ।

चट्ट पारी लगाई पोशाक हिड्छ बटुवा रातो निधारमा टिका
भेट्छ दुःख विर्साई उसले लुकाउँदै ती आँसुका ढिका
सबको रक्षा गरी देवी भगवती विराजी भित्रै घर
तिम्रै शरणमा छन् सब ती लाग्दैन कस्तै डर ।

सुरज गिरी (कावासोती, नवलपरासी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *