तिमीले पुजेका प्रत्येक प्रस्तरहरूमा
मैले पनि चिहाएको छु,
हृदयभरी चोटपर्दा
मैले पनि उनैलाई पुकारेको छु,
तर
तर, खै उनी त मेरो पिडामा मुस्कुराइ नै रहे
म फेरि चिच्याएँ, छेवैमा भएका मनुष्यहरू
सायद तर्सेछन्
उनी त फेरि उस्तै छन्,
मैले चढाएका नैवेद्यले पुरिइसकेछन्
पिंडा मेरो कसरी पो सुन्थे ।
तिमीले नाचेका प्रत्येक नाचहरू
मैले पनि नाचेको छु,
प्रत्येक पल्ट योगाभ्यास गरेको छु
किनकि,
म पनि विर्सन चाहन्थेँ आफैलाई
निर्भिक भएर म आफै भएर जिउन चाहन्थेँ
तर खै म आफै परजीवि पो भएछु
मेरा नृत्यहरूले मैलाई थकाए,
तर मैले आफैलाई विर्सन सकिन
प्रत्येक पल्ट आफै प्रयास गर्दै
मोक्ष प्राप्तीको लागि भौतारिँदा
आफैलाई कसैले खोजे जस्तो लाग्यो ।
हो, आज तिर्खा आफै धाएको छ
तिमीले जन्मौँ देखि खोजेको शान्ति
आज मैले सित्तै पाएको छु
तिमीले खोजेको मुक्तिको बाटो
मैले सजिलै पाएको छु,
अब मैले
प्रस्तरसँग दुःख पोख्नुपर्ने छैन
मेरो आफै रखवाली गर्ने
आफै खोजी गर्ने मशिह पाएको छु ।
मलाई विश्वास छ,
तिमी छक्कै प¥यौ
प्रश्न गर्न सक्छौ, “के यस्तो पनि हुन्छ ?”
भयो छाड यो प्रश्न गर्ने समय हैन
बरु उहाँसँग एक पल्ट भेटघाट गर
किनकि उहाँ तिमीलाई नै खोज्दै हुनुहुन्छ,
तिमीलाई नै सोध्दै हुनुहुन्छ ।