Skip to content

भर्याङ भाँच्नेहरू


आफू उक्लेपछि भर्याङ भाँच्नेहरू
तल झर्ने कुराले तर्सन्छन र झन उक्लन खोज्छ
उक्लेपछि त झर्नुपर्छ तर बिर्सन खोज्छ
यो बिर्साईको पीडा सद्धाम र गद्दाफिको हुन् सक्छ
श्यालहरू कराउँछ एकहरो
एकतमासले हिड्छ समय नपर्खी
स्वादमा पल्कनु र जिउन खोज्नु
थुप्रै मान्छे बिर्सन खोज्छ फेरि पनि
देखिने मानिसहरू ऊ जस्तै हो
निर्मम र अत्यासलाग्दो भएर बहन्छ
छेकिन्न रोकिन्न भत्कन्छ बाँध र पर्खालहरू
भनिन्छ भर्याङ चढ्न र ओर्लन मात्र हो
मान्छेको काँध चढेर दुनिया देख्नेहरू
चुपचाप निशब्द लाठीहरूको बर्साद
मिल्काउछ र असिना झैँ बजारिनु र बिलिन हुनु
नियतिको बिस्कुन् बनेर सुक्छन
यो महान बन्ने सपनाको स्खलित रुप
मेरै घरको मझेरीमा नाच्न खोज्छ
समय चुपचाप घस्रदो छ उक्लने र झर्ने
उक्लिदै झर्दै छ जो झर्न खोज्दैन
उही इतिहास दोहारिन्छ र चाख दिएर
शिक्षक फलाक्छ बिद्यार्थी माझ छताछुल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *