Skip to content

रिस भनुँ कि माया


अब जाँदै छेस टाडा .. ठिकै छ जा
तर हाम्रो माया कतै बदनाम नगर
म त तेरै भर परिरहे .. सधैँभरि
अब त चाहिँ कसैको भरमा नपर

तेरो र मेरो सम्बन्धको बारे कसैलाई नभन्नु
फेरि तलाईँ धेरै गारो पर्ला
दुनिया तैले सोचे जस्तो छैन सानु
हाँसेर कसैलाई जालमा नपार

दिन खोजे थेँ माया तँलाई छाती च्याती च्याती
सधै तलाई नै माया गरिरहेँ कहिले पनि नढाँटी
खुसी रहनु, घरजम गर मेरो शुभकामना तलाई
तर हाम्रो माया कतै पनि बदनाम नगर

1 thought on “रिस भनुँ कि माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *