Skip to content

किन तिमी टाढा हुन्छौ ?

  • by


किन तिमी टाढा हुन्छौ ?
मन मेरो चोरी भाग्छौ ?
नजाऊ तिमी मदेखि धेरै टाढा

चाहन्छु म हाँस्नु तिम्रो मुस्कान बनेर
सक्दिन अब बस्न तिमीदेखि दूर भएर
किन तिमी पराई बन्छौ ?
मुटु मेरो दुखाइदिन्छौ ?
नजाऊ तिमी मदेखि धेरै टाढा

रहन्छु म छातीमा तिम्रो धड्कन बनेर
साँच्दिन माया अर्को तिम्रो तस्बीर भुलेर
माया माया तिमी भन्छौ,
तर फेरि पराई बन्छौ
नजाऊ तिमी मदेखि धेरै टाढा

शब्द: आचार्य प्रभा
स्वर: सरिष्मा आमात्य
संगीत: अनिल शाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *