Skip to content

जसै बङ्गको रंग छाडेर आयें

  • by
MotiRamBhatta


जसै बङ्गको रंग छाडेर आयें ।
तसै फागुको रंगमा म हरायें ।।

विनोदको अहा आज खोज्दैछु माला ।
नपायेर साह्रै दुखी भै करायें ।।

उठ्यो झोक जसै योग साघूँ कि भन्ने ।
तसै फागु खेलूँ भनी मन डुलायें ।।

अबीरको पनी रंग कच्चै रहेछ ।
दसेक धार्नीमा केही बढ्तै घसायें ।।

ठुलो एक झ्याँगा भरी रंग थियो ।
लुगा साथ पसी रंग पक्का जमायें ।।

पर्यो फेरि झोक्का अबीरको उ माथि ।
अबीर ह्वैन मानो विभूती रमायें ।।

लिये झेलि ‘मोती’ अबीरको विभूती ।
विनोदी भयी मन्त्र मैले जगायें ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *