Skip to content

केही मुक्तक (अरूण खत्री नदी)

  • by


देशको निम्ति कहिल्यै पनि पछि नपरौँ
विदेशीको इशारामा नाच नगरौँ
नेपाली हौँ सधैँभरि ठाडो शिर राखौँ
प्रगतिका पाइलालाई नयाँ नेपालतिर बढाऔँ ।

कविहरूका कलम किन लेख्दैनन् अचेल
नेताहरूको भाषण किन सधैँ झुठो हुन्छन्
देशको विकास गर्छु भन्नेहरूकै बीचमा
कुर्सीको दाउ हेराहेर भएपछि हुन्थ्यो के पो अचेल ।
 
भ्रष्टाचार गरेर तपाईं चुचुरोमा पुग्नु भो
समाजले थुक्दा पो बल्ल लज्जित हुनु भो
कति दिन चल्दथ्यो र भ्रष्टाचारको खेती ठूलो
कानुनको फन्दामा बेरिँदा बल्ल त्रसित हुनु भो ।

कहिले बिछोड कहिले मिलन हो यो जिन्दगी
आशा अनि निराशाको जेल हो यो जिन्दगी
जन्मदेखि मृत्युसम्म दौडिरहनुपर्ने जिन्दगी
मानौ, म्युजिकल चेयरको हो यो जिन्दगी ।

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *