Skip to content

एकान्त यो आजभोलि

  • by


एकान्त यो आजभोलि मलाई आई थिच्छ
तिमीलाई सम्झिएर दिन मेरो बित्छ

सुखद पल छैन मेरो म छु दुर देशमा
तिम्रो यादमा छट्पटिन्छु, व्याधा निहु झिक्छ

हासेको, बोलेको सँग-सँगै भै तिमीसित
पोखिएछ पानी जस्तो भेल बाढीले पिर्छ

बिछोडको पीडामाथि डढिरहेछु ढोड सरी
आश राखे मेरी रानी यो ज्यान् घर फिर्छ ।

अस्तु :

दमक, झापा
हाल : अबुधाबी, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *