कसैले मन भित्रै राख्छन्
कसैले मन खोली दिन्छन्
कोही भन्नै सक्दैनन् बोल्नै सक्दैनन्
कोही सबै कुरो बोली दिन्छन्
भिन्न भिन्न मानिसको
भिन्न भिन्न बानी
कोही बोली फोडी मागी हाल्ने
कोही गमी दानी
कोही विशाल जमातकै अगाडी
ठूल्ठूला स्वरमा भाषण ठोक्छन्
मन्को कुरो बोल्देलाकी भनि
कोही आशले ताली ठोक्छन्
कोही बोलेरै आफूलाई बाठो भन्छन्
नबोल्ने जतिलाई लाटो ठान्छन्
कोही झुठो पनि बोलेरै जित्छन्
कोही साँचो पनि मौन हुन्छन्
बोल्नेकै दायाँ बाँया पछाडी
पछ्यौटे पनि लाग्दा रहेछन्
नबोल्नेको चाहीं साथ विरलै
झन् झन् एक्लो हुँदा रहेछन्
लस् एन्जेलस्