Skip to content

मैले माया गर्दा तिम्रो मन छुन्छ छुन्न


मैले माया गर्दा तिम्रो मन छुन्छ छुन्न
आज सामू पर्दा तिम्रो मन छुन्छ छुन्न

थामी दिने हात दिए साथ पनि दिए
मेरो आँसु झार्दा तिम्रो मन छुन्छ छुन्न

कहाँ गयौ कहाँ रह्यौ बस्यौ बास कहाँ
डेरा अन्तै सर्दा तिम्रो मन छुन्छ छुन्न

आफूमाथि तीर हानी तड्पिँदै म जलेँ
म जिउदै मर्दा तिम्रो मन छुन्छ छुन्न

रंग बिरंग तरङ्गका जवानीले बुन्दै
फूल बुट्टा भर्दा तिम्रो मन छुन्छ छुन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *