Skip to content

ब्लड टेष्ट गरायसि था’ भो


मायाँमा गैरीएरै जाँदा पनि तिमी
बास्तविकता खोल्न डराएसि था’ भो
तिमीलाई एड्स लाग्या रैछ
मेरो ब्लड टेष्ट गराएसि था’ भो ।।

दङ्ग थिएँ म त तिम्रै साथमा
सोच्थेँ आफूलाई भाग्यमानी
फूल छोडी किन काँडा रोज्छन् भन्थेँ
तिमीले मन पराएसि था’ भो
तिमीलाई एड्स लाग्या रैछ
मेरो ब्लड टेष्ट गराएसि था’ भो ।।

घुलमील थियौ मसँग अति नै
देख्नेले समेत कुरा काट्थे
भेटघाट पनी टुट्यो अन्यमा
एक्कासी तिमी हराएसि था’ भो
तिमीलाई एड्स लाग्या रैछ
मेरो ब्लड टेष्ट गराएसि था’ भो ।।

ऐया ! कता कता ठोक्केझैँ भयो
झरेछु म त खाट बाट भैँमा
म त सपनामा पो रैछु साथी
(खाटबाट) लड्नुअघि कराएसि था’ भो
एड्स लाग्या रैनछ मलाई
बिपनामा ब्लड टेष्ट गराएसि था’ भो ।।

बास्तविकता डर लाग्दो हुँदो रैछ
कल्पनाबाट हराएसी था भो
एड्स लाग्या रैनछ मलाई
बिपनामा ब्लड टेष्ट गराएसि था’ भो ।।
बास्तवमै एड्स रैनछ मलाई
साँच्चिकै ब्लड टेष्ट गराएसि था’ भो ।।

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *