Skip to content

आफ्नै झुपडीको दैलो प्यारो


आफ्नै झुपडीको दैलो प्यारो
आफ्नै आँगनीको मैलो प्यारो

कृत्रिम सम्पन्नताको अगाडि
आफ्नै अभावको थैलो प्यारो

उत्ताउलो लाग्यो त्यो जाज, डिस्को
आफ्नै द्यौसी अनि भैलो प्यारो

सुनैको घडा होला पराइसँग
आफ्नै त्यो माटाको घैलो प्यारो

आफ्नै झुपडीको दैलो प्यारो
आफ्नै आँगनीको मैलो प्यारो

(२३ जनवरी, २०१३/ ट्रोम्सो, नर्वे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *