बसेको बस्ती उठिदिँदा यसरी
देखेको सपना लुटिदिँदा यसरी ।
कसरी बुझ्छ अब दिल लौन नि
परिवार सबै छुटिदिँदा यसरी ।
के भयो भर प्रकृतिको हेर न
निर्दयी बनी टुटिदिँदा यसरी ।
निरीह बनी बाँच्नु पर्यो हे दैव !
असिना बनी कुटिदिँदा यसरी ।
साँचेको खुशी लथालिँग भयो लौ
टेकेको धर्ती फुटिदिँदा यसरी ।
(रचना मार्च १६/ २०११)
(जापानमा गएको सुनामी दुर्घटनामा त्यँहाका पीडितहरुको मनोभावरुपी गजल)
really nice … i like it
really nice … i like it very much.
Prava ji ramro 6 ….
gajal feri pani padhna paune aasha 6….
Thanks for GAJAL
Dear Prava G,
Malai hajur ko gajal ramro lagyo, Huna ta malai gajal ko barema thaha chhaina but after all I love to read gajal….. Thank u for gajal n pls keep it up.