Skip to content


सागरभरि छाती चिरी पहाडबाट आएँ
तीन-तारे सारंगी लिई छिनभर गीत गाएँ ।

लहरसँग मितेरीलाई मैले छन्द पाएँ
कानबाट हृदयमा आज गुँड लाएँ ।

अघिको म टुना गाउँछु, आजको म बाला
पछिको म खबर दिन्छु आँखा जल्दो ज्वाला ।

सबभित्र रहने जो मीठो राईँ राईँ
तारभित्र सुत्नेलाई ब्यूँझाई गाई गाई ।

आँगन आँगन डुली डुली सानो रंगी चरो
मोतीजस्ता चामल मुठी माग्न धरी-धरो ।

शिशु-बैंशे बुढा झुल्छन्, मेरो सरल गाना
मुठ्ठी-मुठ्ठीभरि ल्याई आँसुजस्ता दाना ।

शब्द : लक्ष्मीप्रसाद देवकोटा
स्वर : नारायण गोपाल
संगीत : गोपाल योन्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *