Skip to content

घुर्की देखाई देखाई माया उनीसँग लाउन थालेँ


घुर्की देखाई देखाई माया
उनीसँग लाउन थालेँ ।
उमङ्गका ती लहरहरू,
बल्ल जीवनमा छाउन थाले ।।१।।

बल्ल बुझन् थाले माया
उनलाई भेटेपछि मैले,
सपनाहरू मनमा बुन्न थाले
जिन्दगीमा बल्ल अहिले ।।२।।

भित्र भित्रै गुम्सी बसेका
पिडा बाहिर आउन थाले,
उमङ्गका ती लहरहरू,
बल्ल जीवनमा छाउन थाले ।।३।।

म नै सारै भाग्यमानी
संसार जिते जस्तो लाग्छ,
उनको एक मुस्कानले नै
दुःखेको मन शान्त पार्छ ।।४।।

उनका ती नसालु ओठ
आई नजिक बरबराउन थाले,
उमङ्गका ती लहरहरू,
बल्ल जीवनमा छाउन थाले ।।५।।

दुःखी भई रुदा म
आँसुका धार उनी बगाउँछिन् ।
कहिले काही रिसाउदा म
मीठो बोलीले उनी फकाउँछिन् ।।६।।

मृगनयनी नयन उनका
मलाई देख्दा लजाउन थाले,
उमङ्गका ती लहरहरू,
बल्ल जीवनमा छाउन थाले ।।७।।

घुर्की देखाई देखाई माया
उनीसँग लाउन थालेँ ।
उमङ्गका ती लहरहरू,
बल्ल जीवनमा छाउन थाले ।………. दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *