Skip to content

तिम्लाई छुने रहरहरू

  • by


तिम्लाई छुने रहरहरू मार्न सकिन
मनमा उठ्ने लहरहरू बार्न सकिन

हुन्न भन्थे सजाउन तिम्लाई आँखामा
गाउन झनै हुन्न अरे मिठो भाकामा
गाईसकेँ, सजाईसकेँ, पर सार्न सकिन
मनमा उठ्ने लहरहरू बार्न सकिन

नजाऊ भनी रोक्छन् बाटो त्यता जाने
जे जे भनोस् जे जे गरोस् आफ्नो माने
तिमी बिना जिन्दगी यो तार्न सकिन
मनमा उठ्ने लहरहरू बार्न सकिन

तिम्लाई छुने रहरहरू मार्न सकिन
मनमा उठ्ने लहरहरू बार्न सकिन

बिना तामाङ ‘सुनगाभा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *