Skip to content

माया भनी सजाए तिम्लाई अरु भनी होइन
दुई दिन लाई भनी माया लाएको नि होइन

फुल भनी टिपेको हुँ मैले काडा भनी होइन
विछोडले दिएको घाऊमा सिएको नि होइन

तिमीलाई आफ्नो बनाउनु गल्ती मेरो होइन
साथ देउ भनी हठ मैले लिएको नि होइन

समाजले बनायो टाढा बाध्यताले नि होइन
सगै मर्ने बाचा कसम त खाएको नि होइन

विछोडको पिरमा यस्तै हुन्छ भन्ने कोही छैन
तिमीबाट छुटनुपर्दा मन खिएको नि होइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *