Skip to content

एक प्याक रक्सीले

  • by


एक प्याक रक्सीले यस्तो नशा दियो
संसार नै अहिले मेरो अघि थियो

क्रमश सर्प, बिच्छी, भ्यागुता देखिए
अन्तत सर्पले भ्यागुता मुखमा लियो

अग्ला अग्ला सबै होचा देखिन थाले
सोचे आज मलाइ रक्सीले नै पियो

यतिकैमा एउटा साथी बर्बरायो
बिबेक ! मेरो पिर सबै नशाले सियो।

अस्तु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *