Skip to content


बदल्नु त बदल्नु नै छ
तर के बदल्नु छ
कसैलाई थाहा छैन
बदल्नु त बदल्नु नै छ
तर के बदल्नु छ
कसैले बुझिरहेको छन जस्तो लाग्दैन
तर बदल्नु छ,
जे भए पनि बदल्नु छ
अती बादी बद्लनु छ कि
अती जाती बादी बदल्नु छ
दक्षिणपन्थी साम्राज्यबादीलाई बदल्नु छ कि
उत्तरपन्थी साम्यबादीलाई बदल्नु छ
अबसरबादी तुच्छतालाई बदल्नु छ कि
भ्रष्टबादी कुसंस्कारीलाई बदल्नु छ
तर बदल्नु त बदल्नु नै छ
केही न केही अबश्य नै पनि बदल्नु छ
जसरी भए पनि बदल्नु नै छ
खारेर बदल्नु छ कि
मेटेर बदल्नु छ
उप्काएर बदल्नु छ कि
दबाएर या पुरेर बदल्नु छ
जलाएर बदल्नु छ की
या खरानी झै भस्मा पारेर बदल्नु छ
आखिरीमा जसरी भए पनि
बदल्नु त बद्ल्नु नै छ,
अन्त कतै पनि होईन,
सिङ्गै देशमा केही न केही बदल्नु छ
सिङ्गै देशमा धेरै नै अपबादहरू बदल्नु छ
र सिङ्गै देश नेपाल लाई बचाइ राख्नु छ
तर अरु के बदल्नु छ
कसैलाई थाहा छ जस्तो लाग्दैन
दृश्य बदल्नु छ कि
दृश्टी बदल्नु छ
सुन्ने कान बदल्नु छ कि
बोल्ने शब्द र भासा नै बदल्नु छ
उङ्कार्-आवाज बद्द्द लाई नै बदल्नु छ कि
बर्णमाला र ब्याकरण लाई नै बदल्नु छ
पुजा अर्चनाहरूलाई बदल्नु छ कि
देवी देउताहरू लाई नै बदल्नु छ
मठ मन्दिरहरू लाई नै बदल्नु छ कि
मठ मन्दिरम बस्ने मुर्तीहरूलाई नै बदल्नु छ
बदल्नु त बदल्नु नै छ
जसरि भए पनि बदल्नु छ
रंग भेदबादीहरूलाई बदल्नु छ कि
बर्ण भेद्बादीहरूलाई बदल्नु छ
भेस भुसाबादीहरूलाई बदल्नु छ कि
रुडीबादीहरूलाई बदल्नु छ
संस्कार संस्कृतीहरूलाई बदल्नु छ कि
रिती रिवाज हरूलाई नै बदल्नु छ,
बदल्नु त बदल्नु नै छ तर क बदलनु छ
कसैलाई थाहा छैन
कसैले बुझिरहेको छ जस्तो पनी लाग्दैन
हिजो अस्तिलाई बदलनु छ कि
आज भोलिलाई बदल्नु छ
सोच कर्ताहरूलाई बदल्नु छ कि
सोच्नु बाध्य पार्ने हरूलाई बदल्नु छ
केही न केही अबश्य नै बदल्नु छ
जसरी भए नि बदल्नु छ
संमायोजनाहरू बदल्नु छ कि
सम्झौताहरू बदल्नु छ
निती हरू बदल्नु छ कि
निती निर्माणहरू बदल्नु छ
भाशण गर्ने हरूलाई बदल्नु छ कि
भाशण सुन्ने हरूलाई बदल्नु छ
जनता हरूलाई बदल्नु छ कि
जन नेता र राज नेताहरू बदल्नु छ
बदल्नु त बदल्नु नै छ
जसरी भए पनि बदल्नु छ
बदल्नु छ
बदल्नु छ
बदल्नु छ
शिर्फ बदल्नु मात्र छ
हाम्रो सिङ्गो देश नेपाललाई नै बदल्नु छ

जय नेपाल

1 thought on “बदल्नु त बदल्नु नै छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *