Skip to content

बन्द हड्ताल नेतालाई


बन्द हड्ताल नेतालाई रहर बन्दै छ
आफनो देश आफैंलाई जहर बन्दै छ

हाँसी खुसी सुःख् शान्तिका दिन टाढा गए,
वाध्यतामै बाँच्छ मान्छे नि कहर बन्दै छ

बाढी पहिरो दिन रात र महामारी,
उजाडिदै बस्ती विस्तारै नहर बन्दै छ

आज गरिबको सानो झुप्रो भत्काउँदै
धनीको सुन्दर महल शहर बन्दै छ

खै नियम खै कानुन खै त सु–साशन,
बरु देशको कानुन नै प्रहर बन्दै छ ………….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *