Skip to content

निभ्न लागे दियो

  • by


निभ्न लागे दियो आमा बाल्न आउँछु म
तेलसँगै परे रगत हाल्न आउँछु म

सुन्दर शान्त मेरो देश अक्रान्त पार्नेलाई
अस्त्र शस्त्र प्रयोग गरि फाल्न आउँछु म

वर्षौं भयो उही घर उही छ संरचना
भत्काएर नयाँ घर थाल्न आउँछु म

जुगा जस्तै चुस्दै त्यहाँ ठडिएका सबै
सामन्ती, शोषक वर्ग ढाल्न आउँछु म

दु:खहरू हटाई बिग्न बाधा पन्छाई
हरेक इच्छा पूरा गरी पाल्न आउँछु म

Leave a Reply

Your email address will not be published. Required fields are marked *