Skip to content


आज भोलि संसारमा सत्य तथ्य भागे हेर
अमूल्य त्यो जोवानी त बिक्री हुन लागे हेर

सही सत्य अङ्गाली सञ्चालन हुन्छ संसार
सही मार्ग रुक्न गयो धर्मलाई दागे हेर

जान्नु पर्छ स्वरूप र स्वधर्मको बाटो कता
स्वरक्षाको बल्छी भित्र विदेशी नै जागे हेर

हो यो सत्य दानद्रव्य लिने दिने गर्नै पर्छ
ससम्मान हुन्छ महान् कर्मलाई आगे हेर

राजयोगी राजभोगी भए पछि सबै जना
कर्म छोडी सम्पन्नता अर्कैसँग मागे हेर

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *