Skip to content

थलौ भरेपछि

  • by


साहनुभूति किन गर्छौ जग्घार तरेपछि
सहयोग किन एक्लै काम फत्ते गरे पछि

धेरै स्वार्थी छौ तिमी उसै गरि बैगुनी पनि
सम्झिन्छौ मलाई नै केही समस्य परे पछि

जिउँदो हुँदा केही चासो र सरोकार छैन
बिचरा भन्छौ अनि कठैबरा रे मरेपछि

देखावटी दया माया करुणा किन मलाई
मरो सारा हासी खुशी जिबन नै हरेपछि

आखिर लुट्नु सम्म लुटी बल्ल बल्ल अहीले
खिलाफी याद किन आफ्नो थलौ भरेपछि

                          खगेन्द्र खिलाफी
                          पाख्रिबास धनकुटा
                          हाल दोहा ,कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *