Skip to content

नमिठो त्यो जिन्दगीको कथा

  • by


नमिठो त्यो जिन्दगीको कथा सुन्दैछु
कथाभित्रको रुवाउने व्यथा सुन्दैछु

सिंगमर्मरको महल देख्थें उस्को जिन्दगी
बनिबुतो गरेर साँच्या ज्याथा सुन्दैछु

खुसी थियो हिजो अस्ति तर आजभोलि
छरियो अरे खुसी यता उता सुन्दैछु

आजाद पंक्षी खुल्ला आकाश घर थियो
उस्लाई बाँध्ने समयको लता सुन्दैछु

राजेश रुम्बा लामा’अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *