Skip to content

अनेसास कोलोराडोद्वारा भीमनीधि तिवारी सतबार्षिकी समारोह तथा साहित्य संगम सम्पन्न

  • by
20120103_BhupendraMahat_News-02


भुपेन्द्र महत
कोलोराडो ।

साहित्यकार भीमनीधि तिवारीको सतबार्षिकीको सु-अबसर पारेर अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो चाप्टरले नियमित कवि गोस्ठी “साहित्य संगमलाई” निरन्तरता दिनुको साथै भीमनीधि तिवारीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा चढाई भाबपूर्ण श्रदान्जली अर्पण गरी मनाएको छ ।


बिभिन्न बिधामा सकृय रुपमा कलम चलाउँदै आएकी साहित्यकार आचार्य प्रभा तथा गजलकार केशब आचार्यको आथित्यमा सम्पन उक्त कार्यक्रमको सभापतित्व च्याप्टरका अध्यक्ष पदम विश्वकर्माले गर्नु भएको थियो भने केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले भीमनीधि तिवारीको बारेमा प्रकाश पार्नुको साथै वहाँको गजलसमेत वाचन गर्नु भएको थियो ।

२०११ लाई बिदा दिने तथा २०१२ लाई भित्र्याउने संयोगलाई आचार्य प्रभा, भुपेन्द्र महत र निती आचार्यले गजल र कविताबाट शुभकामना साटेका थिए भने बिभिन्न साहित्य अनुरागीहरूले भीमनीधिका गजल पढेर बातावरणलाई साहित्यमय बनाएकाथिए।

बरिष्ठ गजलकार मनु ब्राजाकीको सिंगारिक गजल बाचान अर्को रमाइलो पाटो थियो भने नब स्रष्टाको रुपमा आएका टिका पोखरेल, दिप्ति आचार्यले साहित्यिक यात्राको थालनी गर्नु भएको थियो । तेस्तै अनेसासका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल, च्याप्टरका अध्यक्ष ज्पदम विश्वकर्मा र कपिल देब सुबेदीले पनि आफ्नो रचना बाचन गर्नुभएको थियो भने सरस्वती घिमिरे, केशब आचार्य, राजु सिटौला, शम्भु आचार्य आदिले भीमनीधि तिवारीको गजल तथा रचनाहरू सुनाउनु भएको थियो भने, दामोदर लुइटेल र निती आचार्यले आचार्य प्रभाको कविता संग्रह ‘परदेशबाट’ कविता सुनाउनु भएको थियो ।

साथै कार्यक्रममा सुर्यराज ओझा, लुना पौड्याल, शाश्वत आचार्य, सरगम गदाल, आकृति पौड्याल, प्रिती आचार्य, आयाम लुइटेल, सरल गदाल र स्वच्छन्द सानु आचार्यको उपस्थिति थियो ।

जनवरी ३, २०१२





Leave a Reply

Your email address will not be published. Required fields are marked *