Skip to content

एक बचन बोल मात्रै

  • by


एक बचन बोल मात्रै, फर्केर आइदिन्छु
भए नि कोहीसँग, तर्केर आइदिन्छु

ढुकढुकी बन्न मात्रै, पाए तिम्रो मनको
चाहिदैन नाना-भाँती, बर्केर आइदिन्छु

सुवास छर्दै बगानमा, फक्रेको फुल सरि
सुगन्धको बहार बनी, छर्केर आइदिन्छु

अनौठो प्रकृतिको, लट्ठ्याउने मात चढ़छ
बर्खे झरी जस्तै, दर्केर आइदिन्छु

प्रेमलाई सार्थकता, भगवानले नि दिन्छन्
धर्तिनै फाट्ने गारी, चर्केर आइदिन्छु

लाखौँ कोसीस गरेँ, तिमीलाई सम्झाउन
आत्तिएर अनायासै म, झर्केर आइदिन्छु

© τhε-ωάκαr ΒHατταrαι
╰╮© दिवाकर भट्टराई╰╮
प्राबिधिक & कार्यक्रम संचालक
दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *