Skip to content

देबकोटाप्रति शब्द सुमन

युगका नयन देशका निधि सबैका असल
युगको पर्दा उघार्न तिमीले राखेनौ कसर
झ्याउरेमा लेख्यै मुना र मदन ढुकढुकी भयो त्यो
मरेर गयो न स्वर चोला अमर भयौ पो

मनमा बस्यौ तनमा बस्यौ नेपाली साराको
साग र सिस्नु खाएर बस्यौ नेपाली पाराको
यो सिङ्गै युग बोकेर हिड्यौ तिमीले काधमा
त्यसैले तिमी मरेर बाँच्यौ दुनियाँ माझमा

नेपाली भाषा सरल भाका जिब्रोमा सुवाउने
झ्याउरे नै तिमीले आत्मसात गर्यौ सबैलाई सुनाउने
अजर भयौ अमर बन्यौ महान कवि भई
सहस्र बर्ष बाँच्ने छौ तिमी मुना र मदनमै

सरलताको साहित्य लेखी सुधा रस पिलायौ
मानिस ठुलो दिलले हुन्छ भनेर सिकायौ
सादा थियो जीवन उच्च बिचार महान तिमी थियौ
स्वच्छन्दवादको विचार धारा तिमीले अगाल्यौ

सम्झेर आज जन्मेको दिनको परेर साइतमा
सम्मानका फूल चडाएँ मैले  साहित्य सालिकमा
संसार रहेसम्म चाहिं तिमीलाई भुल्दैनन जनले
श्रद्धाका सुमन चडाएँ आज आन्नदी मनले

तीर्थ (यात्री) पौडेल
लखनपुर ३,झापा,नेपाल
हाल बहराइन

(देबकोटा जयन्तीका अबसरमा )

2 thoughts on “देबकोटाप्रति शब्द सुमन”

  1. तिर्थ जी धन्यवाद,यहाँले
    तिर्थ जी धन्यवाद,यहाँले देबकोटाको मिठो सम्झना गरेर,
    लेखेको गीती कविता अती मन पर्‍यो।
    आउँदो दिनमा पनि यहाँको कलमले सम्सामयक
    विषयलाई समेटेर निरन्तर चलीरहोस
    भन्ने कामना गर्दछु!
    गीता थापा
    ईजरायाल

  2. नेपाली साहित्यकासमा देवकोटाको
    नेपाली साहित्यकासमा देवकोटाको अनुपस्थितले उजाड उजाड लागेपनि उनको संझना तरो ताजा छ हामी भित्र,
    र याँहाले महाकवी देवकोटा प्रति श्रद्धा सुमन दर्शाएर नेपाली सहित्याकासका ध्रुबतारालाई फेरी एकपटक जीवन्त बनाईदिनु भएको छ !

    यसको लागि याँहालाई मुरी मुरी धन्यवाद !!!!!!!!!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *