Skip to content

कर्कलो म त जूनको शीत

  • by


कर्कलो म त जूनको शीत स्वीकारूँ कसरी ?
किनारा भएँ नदीको प्रीत स्वीकारूँ कसरी ?

झरना जस्तो चाहना बग्दा समीप आएनौ,
चिरिन्छ छाती हर्षको गीत स्वीकारूँ कसरी ?

पाउनु मात्रै होइन माया सकिन त्याग्नै पो,
त्यागेर पनि हारमा जीत स्वीकारूँ कसरी ?

मर्नु नै बरु सजिलो हुन्थ्यो मदन मुना झैँ,
बाँचेर टाढा हुनुको रीत स्वीकारूँ कसरी ?

तिमी नै रोजें जीवनसाथी यो जुनीभरिको,
अज्ञात कोही मनको मित स्वीकारूँ कसरी ?

कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल-द.कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *