Skip to content

सुख सम्झे सुख हुन्छ दुख : बिर्से सुख


आकाशको तारा म झारिदिन्छु त्यो भन्न सक्दिन
आकाशको जुन टिपेर ल्याउछु म भन्न सक्दिन
मर्ने र बाँच्ने सँगै त्यो बाचा गर्न म सक्दिन
संसारको त्यो सबै सुख म बाड्न सक्दिन

रहर अनि इच्छाहरू तन्किएर बढ्लान
तर पनि सम्झौतामा सुख दिन सक्छु
सुख सम्झे सुख हुन्छ दुख : बिर्से सुख
कहीँ कतै लड्यौ भने उठाई दिन सक्छु

परेलीको डीलको भेल मेटी दिन सक्छु
घर समाज सन्तानको सुख दिन सक्छु
मनको पिडा मनको वह मेटी दिन सक्छु
मेरो मलाई बिर्सने त्यो माया दिन सक्छु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *