Skip to content

सप्तरङ्गी टिका अब कस्को लागि साँचु


सप्तरङ्गी टिका अब कस्को लागि साँचु भाइ
सयपत्री माला पनि कस्को लागि गाँसु भाइ ?

खाली हात आफ्नै हेर्दै आसुँ झार्दै बसिरैछु
यस्तो रित्तो सपना पाली कस्को लागि बाँचु भाइ ?

परदेशमा अल्झिरैछु साइत कैले जुर्ने होला ?
मनभरी पीडा छ नि कस्को लागि हाँसु भाइ ?

प्रवासको बास छ है न त माइती न मावली
भैलिनीको गीत गाई कस्को लागि नाँचु भाइ ?

माइतीको झझल्कोले आँखा यसै रसाइरैछ
अधरमा झुटो मुस्कान कस्को लागि टाँसु भाइ?

आचार्य प्रभा
रचना – नोभेम्बर – १४/ १२

(भाइटिका बिशेष गजल)

1 thought on “सप्तरङ्गी टिका अब कस्को लागि साँचु”

  1. टिप्पणी |
    नमस्कार प्रभा दिदी ज्यु |
    तपाइको यो गजल हेरेर म पनि भाव विह्वल भए | आफ्नो गरिबीको नियतिको कारण म यहाँ परदेशमा रहेको छु | दशैँ तथा तिहारहरु आउछन | आफु यहाँ केवल सम्झनामा सिमित | यो बर्षको तिहार पनि आयो, अनि अहिले त गयो पनि | भाई टिकाको दिन टेलिफोन बाट दिदी अनि सबै परिवारहरु संग कुरा गरे | यो तपाइको अभिव्यक्ति झैँ मेरो दिदीलाई पनि भाई टिका लगाउने समयमा त पक्कै यस्तै भावनाले पिरोल्यो होला पक्कै | अहिले म यहाँ तपाई को यो रचना हेरेर त्यो परि-दृश्यहरुको कल्पना गर्दैछु यहाँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *