Skip to content


शान्ति प्रिय देश हाम्रो विश्वक्षेत्रको माझ
उच्च उच्च हिमालहरूको रहेको छ यहाँ रास

आकृष्ट पारेको छ पर्यटकहरूलाई सगरमाथाले
विश्वमा नाम राख्न सफल सगरमाथाले

यहीँ जन्मिए शान्तिका अग्रदूत बुद्ध
त्यसैले हरहालमा बनाऔं यहाँको स्थलहरू शुद्ध

आर्दश नारी सीता पनि जन्मिइन यही
शान्तिको ध्वनि गुन्जने देश संसारमा छैन कहीं

सबैले चिन्छन् हिमालको देश भनी
आकृष्ट पारेको छ पर्यटकहरूलाई

प्रत्येकको आँखामा आउँछ हरपल
हिमालको देश नेपाल– नेपाल ।

3 thoughts on “हिमालको देश नेपाल”

  1. पवन प्रतीक राई

    राम्रो लाग्यो
    आजभोली माया प्रेमका रचना हरु बढिमात्रामा देख्न पाईन्छ तर देशप्रेमी भावना हरु कमै मात्रामा लेखीने गर्दछ तर तपाईको रचना पढेर खुसी लाग्यो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *