Skip to content

सलाम छ मेरो


अन्धकारलाई हटाउने बिहानीको ती घामलाई नि सलाम छ मेरो
तिमी भय सबै पाउने नत्र हेराहेर ती दामलाई नि सलाम छ मेरो

कलियुग को यो रंग मंचमा, जे जे गरे पनि हुने मानव ले यहाँ
जहाँ पनि एकचोटी शुद्ध हुनु पर्ने, ती धामलाई नि सलाम छ मेरो

बाह्रै महिना गाजा अनि केटी कै पछि लाग्ने भगवानहरू
दुखमा परेर बनबास बस्ने रामलाई सलाम छ मेरो

सोच्दैनन यहाँ कसैले पनि आफ्नो पेट पाल्न पाए हुन्छ
पाप र धर्म छुट्टाउने भगवानको कामलाई नि सलाम छ मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *