Skip to content

कानुन फुल्ने बोट अब


उखेलेरै फ्याकिदिए कानुन फुल्ने बोट अब
हेर्ने कसले देख्ने कसले जन्ताका चोट अब

सरकारी गिरोह छन देश जन्ता भुट्ने सारा
चोर पनि साधु भए कस्मा लाउने खोट अब

भेष भुष जलाएर बिरका ती सन्तान भए
जन्ताका परजीवी लाउछन किन कोट अब

पैसा भए हाम्रो देशमा न्यायपनि आफ्नै हात
शक्तिशाली हुँदै गए कानुन भन्दा नोट अब

भर्ष्टचारी, राष्ट्रघाती, सबै यहा विश्वासघाती
नेता सबै उस्तै भए कस्लाई दिने भोट अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *