Skip to content

सहमतिको लागि मैले केही गर्नु पर्छ


सहमतिको लागि मैले केही गर्नु पर्छ
नया पार्टी खोलेर नै अब सुरु गर्नु पर्छ
सबै पार्टीको ठुला नेताहरू मेरो पार्टीमा ल्याउनु पर्छ
सहमति नहुने कुरै हुदैन अनि देशको बिकाश गर्नु पर्छ
अरुको गल्तिले भनेर विकासको कार्यलाई रोकेर आफ्नो अनुकुल बनाउन खोज्नेहरूलाई
सहमतिको बाटोमा लेराउनलाई प्रलोभनमा पारेर एक्जुट गर्नु पर्छ
बरु सुर्य पश्चिमबाट उदाउला हाम्रो देशका नेताहरू लोभ लालचमा नपर्लान यो हुनै सक्दैन
त्यसैले यो उपाय लगायर एउटा पार्टी खोल्ने छु
असल गुरुको शिक्षा नपाएकाले हाम्रा नेता यस्ता भएका हुन्
अब मैले नै उनीहरूमा ज्ञान दिनु पर्छ
त्यस्को लागि भए पनि मैले पार्टी खोल्नु पर्छ
सबैलाई समान अवसर प्रदान गर्दै सहमति गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *