Skip to content

पराइकै भए पनि जाति कुरा सुनेको राम्रो


पराइकै भए पनि जाति कुरा सुनेको राम्रो
गर्नुभन्दा पहिले कयौ पल्ट गुनेको राम्रो

रङ्गी बिरङ्गी सपनाहरू देखेर नपुग्नुभन्दा
साधा,सिधा जीवन को रेखा बुनेको राम्रो

माया लगाई बिचैमा तड्पिएर जिउनु पर्दा
सोचे यस्तो मायाको जालो नचुनेको राम्रो

आफ्नो स्वार्थ पुर्ति गर्न पछाडि छुरा धस्नेलाई
आत्मा-अन्तर मनको गाट्ठी कुरा लुकेको राम्रो

समय छिटोको भएछ जहाँ पनि चाडोचाडो
दौडि लड्नु भन्दा आफ्नै गतिमा भुलेको राम्रो

रोचक राई
खुतुम्बु खोटङ
हाल-दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *