नहान लातले
स्राप लाग्ला
तिम्रा पाइला पाइलामा
उन्को शीर ढल्केको छ
कति रूवाउछौ
भो अब नरूवाऊ
रून्दा रून्दा
आँसु सिद्धिएर थाकेकी होली
कति खेल्छौ
कुनै खिलौना हैन यो
बरू
सक्छौ भने
मुटु भित्र मन भए
ठोक सलामी
चढाउ स्रद्धाको माला
आँमाको कोखलाई
तिमी जन्मन पाएकोमा गर्व गर
कति दुख गरेर जन्मइन होली
असहाय वेदना कति भयो होला
छाँतीमा अंगालेर दूधको लाम्टो चुसाउदा
कति दुख्यो होला
तिमी त्यसै बतासिएर
ठूलो माँन्छे भएनौ
तिमी रून्दा आँसु पुछिदिन्थिन
तिमी भोकाउदा
आफु भोकै रहेर खुवाउथिन
आज
किन बिद्रोही ज्वाला दन्काउछौ
सडकमा उत्रिएर
रक्तपातको आन्दोलन किन मच्चाउछौ
बाल्छौ किन टायर
चलाउछौ किन लाठी
हान्छौ किन मुक्का
पड्काउछौ किन गोली
आफुले आफैलाई सोच
अरू त मर्यो मर्यो
आफु पनि एक चोटी मरेर हेर
तिमी मर्दाको छटपट्टि कस्तो हुन्छ
घाउ नै घाउले भरिएको पीडामा जिएर त हेर
अनि थाहा पाउछौ
कसरी भोग्दा रहेछन
आफन्तको पीडामा छटपटीएर बाँच्नु पर्दा
यो कुनै सस्तो प्राण हैन
मरेपछी फेरी संसारलाई हेर्न
दोहोरो कोही आउने छैन् ।