Skip to content

नदीको पानी सरी


नदीको पानी सरी, जीवन बगिरहेको छ
हजार चोट सहेर, मुटु दुखिरहेको छ

निभेर गए सबै यहाँ, आशाका दीयोहरू
लुटेर लगे औंसीले, पूर्णिमाका उज्यालोहरू
यी अँधेरी रातहरूमा, आँसु झरिरहेको छ
हजार चोट सहेर, मुटु दुखिरहेको छ

यस्तै रै’छ जिन्दगी, काँडा बिच फूल्नु पर्ने
स्वेच्छाले फूल्नै नपाई, ओइलिएर झर्नु पर्ने
मृत्यु कुर्दै आज यहाँ, जीवन बाँचिरहेको छ
हजार चोट सहेर, मुटु दुखिरहेको छ

नदीको पानी सरी, जीवन बगिरहेको छ
हजार चोट सहेर, मुटु दुखिरहेको छ

First published in Majheri on : 2013-02-27 00:19:45 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *