Skip to content


विश्व रंगमञ्च हेर सपना रहेछ
परिस्थिति केलाउँदा सामना रहेछ

प्राप्त हुन्छ फल हेर पसिनाको भोग
तिर्सनाको आपूर्ति त साधना रहेछ

सबै भन्छन् मेरोतेरो तर कस्कोकस्को
आफ्नै मनको सुनौला भावना रहेछ

जीवनमा आउँछ आँधीवेरी खडेरी
पछिबन्ने भूतकालिन् सम्झना रहेछ

पूर्ब पश्चिम चल्तिका सब कर्म हेर्दा
यो जिन्दगी दुर्ई दिनको गहना रहेछ

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *