Skip to content

ऊसँग पैसा छ मसँग छैन

सायद ऊ हाँसी खुसी नै मर्छ होला
तर म एकिन दुःखै दुःखमा मर्छु
उस्को जीवन सौख अनि मोजमा बित्छ
म दुई छाककै लागि काम गर्छु ।
यहि छ ऊ र ममा फरक!
ऊसँग पैसा छ मसँग छैन ।

सायद ऊ हाँसी खुसी नै मर्छ होला
तर म एकिन दुःखै दुःखमा मर्छु
उस्को जीवन सौख अनि मोजमा बित्छ
म दुई छाककै लागि काम गर्छु ।
यहि छ ऊ र ममा फरक!
ऊसँग पैसा छ मसँग छैन ।

ऊ सुखलाई किन्न सक्छ
म महशुस गर्न मात्र सक्छु
उस्लाई थाहा छैन दुःख कुन चराको नाम हो!
मलाई दुःख किन्नु पर्दैन
सुख किन्ने सामर्थ पनि छैन
यहि छ ऊ र ममा फरक!
ऊसँग पैसा छ मसँग छैन ।

ऊ मर्दा पनि पैसाकै चितामा जल्ला सायद
मलाई खाना बनाउन दाउरा नसिब छैन
ऊ बाँचुन्जेल पैसा ओच्छ्याइ पैसानै ओढेर सुत्ला सायद
मेरो लागि घाँसे जमिन र खुला आकाश नसिब छैन
धेरै छ ऊ र ममा फरक!
ऊसँग पैसा छ मसँग छैन ।

मलाई बिश्वास छ
एक दिन यस्तो पनि दिन आउँछ
जुन दिन ऊ पैसा खाएर भोक मेटाउन सक्दैन
तर म दुःखका आँसु पिएरै अघाउन सक्छु
ऊ मेरो दुःखको भोगाइमा एकपल टिक्न सक्दैन
तर म उस्को सुखका हर–क्षणलाई सघाउन सक्छु ।
यस्मा मेरो बिश्वासको केही अर्थ छैन
किनकि बर्तमानमा जिउनु छ सबैले
यो पनि सत्य हो!
उस्ले चायो भने जुन(चन्द्र)लाई अंगालोमा बेरी चुम्न सक्छ
तर म बस जुनको सितलतामा रम्न सक्छु
यहिँ छ ऊ र ममा फरक!
ऊसँग पैसा छ मसँग छैन ।

म कसैको मन दुखाउन चाहन्न
उ हरेकको भावनासँग खेल्न सक्छ
मैले भोगेका धेरै दुःखहरू छन्
मलाई लाग्दैन त्यस मध्य पनि कुनै एक उस्ले झेल्न सक्छ ।
मेरा लागि सुख सपना अनि कल्पनामा सिमित छन्
उस्मा हरेक दुःखलाई सुखमा परिणत गर्ने सामर्थ छ
त्यसैले ऊ र ममा आकाश र जमिनको फरक छ
ऊसँग पैसा छ मसँग छैन ।

म बिना गल्ती नै सजाय भोग्छु
उ गल्ती गरेर पनि चोखो हुन्छ
म बिना पानी नै रुझेको हुन्छु
उ सधैँ पानी माथिको ओभानो बन्छ ।
मसँग सत्यलाई सत्य हो भन्ने साहस छैन
ऊसँगसत्यलाई झुटो गराउने सामर्थ छ ।
वास्तबमै छ ऊ र म बिचमा फरक!
ऊसँग पैसा छ मसँग छैन ।

मेरा सुझाब अनि अर्तीलाई लत्याउने जमातमा
उस्का तुच्छ बचन र गालीमा ताली बजाउनेहरू बहुत छन्
हिजो मेरो भाग बाँडी–चुँडी खानेहरू पनि
आज उस्को जुठो–पुरोको लागि तँछाड–मछाडमा छन्
आखीर यहि त हो फरक!
ऊसँगसबैलाई जित्न सक्ने धन छ
मसँग केवल हारेको मन छ ।
योभन्दा ठुलो के हुन्छ ऊ र ममा फरक ?
के ऊसँग पैसा छ मसँग छैन ?
सायद….
हो….
धेरै छ ऊ र ममा फरक!
ऊसँग पैसा छ मसँग छैन ।
हो ऊसँग पैसा छ मसँग छैन ।

पुस्कल पौडेल (–––प्रतिक) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *