Skip to content

कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने !!

एक्लै एक्लै तिमी मात्रै ,आसु पोखाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने

हासाएर मलाई सँधैभरि,तिमीआसु पुछ्दैपुछ्दै
आफूलाई मात्रै दुःख र पीडामा डुबाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने

फूल जस्तो भावलाई कस्ले भन्यो र पथ्थर छ
जो’तिमी शिशातोडे झैँ,आफैलाई फुटाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने

फैसला त् फूलको पनि,भूल हुन्छ नहुने त् होइन
भूलभयो भन्दैमा माया,गर्नेलाईनै छुटाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने

खायो कसम जिउने मर्ने,सँग सँगै हामि भनेर
नसोधी एक्लै त्यो कसम,बाँधेको टुक्राएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने

बिराही लामा
लम्जुङ्ग-सिम्पानी-९
हाल -साउदी हाईल

Leave a Reply

Your email address will not be published. Required fields are marked *