Skip to content

बिर्सुँ माया भने पनि


बिर्सुँ माया भने पनि सम्झनाले छाती दुख्छ ।
जहाँ दुख्यो त्यही छोयो झनै माथि माथि दुख्छ ।

भित्र भित्रै आगो लाग्यो खुशीको यो सुन्दर बन
आशु झर्ने कस्तो भाग्य भगवानले आफै भन
ढुकुरको जोडी देख्दा जीवनको साथी दुख्छ ।
प्रभा बित्छ शितसँगै कस्लाई भनुँ राती दुख्छ ।

बाजा टुट्यो भाग्य फुट्यो डम्फु हेर्छु घेरो मात्रै
हाँस्ने चाहिं अरुको नै, रुने भाग मेरो मात्रै
कतै बजे बाजा फेरि जन्ती लस्कर ताती दुख्छ ।
प्रभा बित्छ शितसँगै कस्लाई भनुँ राती दुख्छ ।

बिर्सुँ माया भने पनि सम्झनाले छाती दुख्छ ।
जहाँ दुख्यो त्यही छोयो झनै माथि माथि दुख्छ ।

-बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *