Skip to content

बलात्कृत संविधान


सुनेको थिए
नारी बलात्कृत भएको
सत्य कथा सत्य घटना
तर
आज
अनौठो गरी सुन्दैछु
अनि देख्दैछु
मेरो आफ्नै आँखाको अगाडि
सहराविहीन हुदै तुरून्ग झुण्डिएर
निरीह बनेर
बलात्कृत भएर
आँसु पिउदै रोएको संबिधानको दुर्दशा

यहाँ
संबिधान माँत्रै
बलात्कृत भएको छैन्
सिंगो नेपाल बलात्कृत भएको छ
सिंगो नेपाली जन्ता बलात्कृत बनेको छ
कुर्सीको लालचमा
सत्ताको मोहमा
नांगिएको छ सगरमाथाको शीर
नांगिएको छ शहिदको वलिदान
नांगिएको छ सीता-भृकुटीका कोखहरू
नांगिएको छ वुद्धका अर्ती उपदेशहरू

डाका डकैंतीको रजाई छ
चोर र फटाहरूको
मोज मस्ती छ
हत्या हिंसराको अराजकता छ
गीद्धका आँखा परेकै छ यहाँ
अभिमानी अत्याचारीको हैकमवाद चलेकै छ यहाँ

दिनरात…
लुटिन्दै छन शान्ति र सम्झौता
दिनरात…
लुटिन्दै छन स्वत्रन्तता र स्वधिन्ता
दिनरात…
लुटिन्दै छन खुशी र रहरहरू
दिनरात…
लुटिन्दै छन इच्छा र चाहनाहरू

के दोष थियो र ?
सोझा निमुखाको थाप्लोमा
हेपिएकै छ
पेलिएकै छ
कहिले महंगीको मार छ
कहिले ठूलावडाका भार छ
भएन सुरक्षा
भएन ग्यारेण्टी
सिसा फुटे झै फुटेकै छ
हरक्षण दमन र शोषणले
विचरा ती कमलो छाँती टुटेकै छ

किन मौन हुन्छ ?
हिजोका ज्वालामय चर्को
नारा र आवाजहरू
किन चुपचाप बस्छन् ?
हिजोका कलमधारी चर्को
मानव अधिकारवादी बिचार धाराहरू
एक्काइसौं शताब्दीको युगमा आएर
समयको पाईलालाई टेकेर हिड्ने
बिसालु माँन्छेहरू
ढुंगेयुगको सोचाइमा डुब्छन् किन यहाँ ?
नुन खाएको कुखुरा झै झोक्रिन्छन् किन यहाँ ?

2 thoughts on “बलात्कृत संविधान”

  1. मन छोयो
    केहि दोयो
    पढे पटक

    मन छोयो
    केहि दोयो
    पढे पटक पटक
    अनि मन खोयो ।

  2. धन्यवाद छ !
    “भावना sis…”
    हजुरलाई हृदय देखि नै धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *