Skip to content

तिम्रै सपना बोकेकोछु !


अनिंदो रात सम्झन्छु तिमी !
सुकाएर मायाका बिस्कुनहरू
राखेछु हृदयमा
ती ता पत्रे चट्टान भैसकेछ !
सुन्न तिम्रा कर्ण, नबटारिएको भए
मन्का कुसुम फक्रन् ललायित भए
भँबर बनी म तिम्रा कमल कोपिलमा आउँला
बन्द् गर्नु रात ! मधुर तडपन, म पाउँला
शयनका यी निर्बाध कल्पनामा नजगाऊ !
तिम्रा धृष्टतामा,मलाई न हराऊ
बोकेर चाहना कै संसार
अजिंगर काललाई रोकेकोछु
केबल् मैले तिम्रै सपना बोकेकोछु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *